काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन पावर पार्टनर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ ।
बोर्डको स्वीकृतिसँगै कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १ः०.५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने छ ।
कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ५३ करोड २७ लाख ८ हजार ५ सय रुपैयाँको ५३ लाख २७ हजार ८५ कित्ता सेयर निष्कासन गर्ने छ।
हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
FACEBOOK COMMENTS