काठमाडौं । आज मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
आज कारोबार शुरु भएदेखि नै नेप्से सूचकमा तिव्र उत्तारचढाव देखिएको थियो । आज नेप्से सूचक १५.७४ अंकले घटेर दुई हजार एक सय ११ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज नेप्से परिसूचकसंगै कारोबार रकम समेत घटेको छ । सोमबार तीन अर्ब रुपैयाँ भन्दा बढीको भएकोमा आज दुई अर्ब ८२ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज आदर्श लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार पाँच सय ९४ रुपैयाँ पुगेको छ ।
आज प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १९ करोड २० लाखभन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS