काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंका अध्यक्ष शेखर गोल्छाले आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले महासंघका तर्फबाट उद्योगी–व्यवसायीहरूले उठाउँदै आएको धेरै विषयहरू समावेश गरेको बताएका छन् ।
बजेटले उत्पादन र कृषिलाई विशेष जोड दिएकाले त्यसबाट निजी क्षेत्र उत्साहित रहेको उनले बताएका छन् । समग्रमा बजेट राम्रो रहेको उनको भनाइ छ । यद्यपि, विस्तृत अध्ययनपछि संस्थागत धारणा सार्वजनिक गर्ने भनाइ उनको छ ।
‘वर्तमान संकुचित आर्थिक स्थितिमा सरकारले ल्याएको बजेट सकारात्मक नै रहेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘बजेटले निजी क्षेत्रको अधिकांश माग सम्बोधन गर्न खोजेको देखिएको छ भने साना तथा ठूलामा उद्योगलाई बजेटले राम्रोसँग सम्बोधन गरेको छ ।’
साना र ठूला उद्योगलाई सहुलियत कर्जाको विषय, विदेशी नागरिकलाई नेपालमा अपार्टमेन्ट खरीद गर्न पाउने व्यवस्था, उद्योगको जग्गा हदबन्दी पुनरावलोकन, ५० वर्षका लागि जग्गा लिज, उद्योग क्षेत्रलाई पीपीपी मोडलमा प्रवद्र्धनजस्ता निजी क्षेत्रको माग बजेटले सम्बोधन गरेको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS