काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फर्किने मिति परिवर्तन भएको छ ।
यसअघि साउन २६ गते स्वदेश फर्किने कार्यक्रम तय भएकोमा अब उनी साउन २८ गते स्वदेश फर्किने भएका हुन् । देउवा निकट कांग्रेस नेता मीन विश्वकर्माका अनुसार देउवा साउन २८ गते अपराहन्न १२ बजे काठमाडौं आइपुग्ने भएका हुन् ।
गत फागुनमा उपचारका लागि भन्दै सिंगापुर गएका देउवा दम्पति गत चैत्रमा हङकङ पुगेका थिए ।
काँग्रेस विभाजन उन्मुख भइरहेका बेला देउवाको स्वदेश फिर्तीले थप चर्चा पाएको छ । देउवा पक्षले साउन २९ देखि ३१ सम्म राष्ट्रिय भेला आयोजना गरेको छ भने अर्कोतर्फ देउवा र पूर्व उपसभापति पूर्ण बहादुर खड्काले सर्वोच्चमा दिएको यसअघिको आदेशको पुनरावलोकन निवेदन स्वीकृत भएपछि काँग्रेस विवाद बारे सर्वोच्चमा फेरी शुरु देखि सुनुवाई हुने भएको छ ।