काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले क्यानडाका विदेशमन्त्री अनिता आनन्दसँग टेलिफोन वार्ता गरेका छन् ।
आज भएको वार्तामा दुई देशका विदेशमन्त्रीबीच नेपालमा हालै आएको बाढीबाट भएको जनधनको क्षतिबारे छलफल भएको छ ।
विदेशमन्त्री आनन्दले दुःखको यस घडीमा नेपाली जनताप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन् ।
परराष्ट्रमन्त्री खनालले क्यानडा सरकारले उपलब्ध गराएको ५० लाख क्यानाडेली डलर अर्थात ५४ करोड ७३ लाख नेपाली रुपैयाँ सहयोग तथा संयुक्त कोषमार्फत थप १० करोड क्यानाडेली डलर अर्थात् करिब ११ अर्ब नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिबद्धताप्रति आभार व्यक्त गरेका छन् ।
उनले बाढीबाट प्रभावित तथा बेपत्ता क्यानाडेली नागरिकसहित सबैको खोजी, उद्धार र राहतका लागि सरकारले उपलब्ध सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिएका छन् ।