काठमाडौं । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम निर्वाचित भएकी छन् ।
३६ औ महाधिवेशनमा भएको निर्वाचनमा गौतमले २ हजार मत गणना गर्दा ६५९ मत पाइन् । उनी यसअघि संघको महासचिव थिइन् ।
यसैगरी उनका निकटतम प्रतिद्वन्द्वी अर्जुन पोखरेलले ५६७ मत ल्याए भने अर्का प्रत्यासी उत्तममान बज्राचार्यले ५३१ मत पाए । यसैगरी अध्यक्षका अर्का उम्मेदवार बलराम आचार्यले २२७ मत ल्याए ।
यद्यपी निर्वाचन समितिले निर्वाचित घोषणा गर्न भने बाँकी छ ।