काठमाडौं । सिद्धार्थ क्यापिटलले आफ्नो व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।
क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीहरुलाई ८ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।
भदौ १ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो। यसका साथै बैठकले सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड २ का इकाईधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय पनि गरेको छ।