काठमाडौ । बाराको सिमरा घटना साम्य पार्न भएको वार्ता भर्खरै सकिएको छ ।
बाराको पथलैयास्थित सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालयमा शुक्रबर भएको प्रशासन र जेनजीबीचको वार्ता भर्खरै सकिएको हो ।
वार्तामा जेनजीहरूको सुरक्षा, घाइतेहरूको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने जस्ता तीन वटा विषयलाई समेटेर विज्ञप्ति निकाल्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जनाएका छन् ।
वार्तामा सहभागी जेनजीका अगुवाहरूले आफूहरूमाथि धम्की आएको भन्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्ने माग राखेका थिए ।
FACEBOOK COMMENTS