काठमाडौं । भारतीय गायिका आशा भोसलेको निधन भएको छ । ९२ वर्षको उमेरमा भोसलेको भारतको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार निधन भएको हो ।
हृदयाघात भएपछि उनलाई शनिबार उक्त अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी दशकौँसम्म गायन क्षेत्रमा सक्रिय रहिन् । उनको निधनसँगै भारतीय संगीत जगतले एक युगीन स्वर गुमाएको छ ।