काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एकमात्र अधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौं उपत्यकाबाहिर ‘टाटा केयर क्याम्प’ आयोजना गर्ने भएको छ ।
यसले टाटा पेसेन्जर श्रेणीका (पीभी) आईसीई (पेट्रोल र डिजेलमा आधारित ) र ईभी (बिजुलीमा आधारित) गाडीहरूलाई लक्षित गरेको छ । यो क्याम्प यही असोज ९ देखि ११ गतेसम्म सिप्रदीका धनगढी, सर्रा, हेटौंडा, ढल्केवर र मेचीमा अवस्थित पीभीका सेवासम्बन्धी सञ्जालहरूमा सञ्चालन हुनेछ ।
कम्पनीका अनुसार टाटा केयर क्याम्पमा सहभागी हुने ग्राहकहरूले विभिन्न विशेष सुविधा तथा छुट प्राप्त गर्न पनि सक्नेछन् । उनीहरूले ब्याट्री, सस्पेन्सन, ब्रेकलगायत कम्प्युटर परीक्षणजस्ता सुविधा निःशुल्क पाउनेछन् । यसैगरी ग्राहकहरूलाई पार्टपुर्जा र लुब्रिकेन्ट प्रत्येकमा २० प्रतिशत एवं लेबर चार्जमा ५० प्रतिशतको छुट दिइनेछ भने टप वासिङ सित्तैमा गरिनेछ ।
आफ्ना ग्राहकलाई उत्कृष्ट भन्दा उत्कृष्ट ढंगले सेवा गर्ने आफ्नो प्रतिबद्धताअनुरूप यो क्याम्प आयोजना गर्न लगिएको सिप्रदीले जनाएको छ ।
FACEBOOK COMMENTS