काठमाडौं । टिभिएसले नेपालकै पहिलो १५० सिसी हाइपर स्पोर्ट स्कुटर ‘टिभिएस एनटर्क १५०’ सार्वजनिक गरेको छ ।
टिभिएस मोटर कम्पनीले नेपालका लागि आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्स सँगको सहकार्यमा १४९.७ सिसी रेस–ट्युन्ड इन्जिन र स्टिल्थ एयरक्राफ्ट बाट प्रेरित डिजाइनसहित स्कुटर बजारमा ल्याएको हो ।
यस स्कुटरले उच्च पर्फर्मेन्स, स्पोर्टी लुक र अत्याधुनिक प्रविधिलाई एउटै प्याकेजमा समेटेको छ ।
नयाँ पुस्ताका राइडर्सलाई लक्षित गर्दै ल्याइएको यस स्कुटरले पर्फर्मेन्स र कनेक्टेड राइडिङ अनुभवलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
काठमाडौंको नक्सालमा आयोजित भव्य लञ्चिङ कार्यक्रममा १०० भन्दा बढी सञ्चारकर्मी, ५० भन्दा बढी कन्टेन्ट क्रिएटर (इन्फ्लुएन्सर्स), जगदम्बा मोटर्स तथा टिभिएस मोटरका प्रतिनिधिहरू, डिलरहरू र अन्य सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले टिभिएस एनटर्क १५० को हाइपर पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र अन्य विशेषताहरूलाई प्रत्यक्ष अनुभव गरेका थिए ।

टिभिएस एनटर्क १५० मा १४९.७ सिसी क्षमताको ‘एयर–कुल्ड ओथ्रीसीटेक’ इन्जिन जडान गरिएको छ । यसले ७,००० आरपिएममा १३.२ पीएस पावर र ५,५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ ।

यस स्कुटरले सेग्मेन्टमै अग्रणी गतिशीलता प्रस्तुत गर्दै मात्र ६.३ सेकेन्डमा ० देखि ६० किमी/घण्टाको गति समात्न सक्छ । यसको अधिकतम गति प्रतिघण्टा १०४ किलोमिटर रहेको छ, जसले गर्दा यो आफ्नो सेग्मेन्टको सबैभन्दा द्रुत स्कुटरहरूमध्ये एक बनेको छ ।
स्टिल्थ एयरक्राफ्टबाट प्रेरित भएर तयार गरिएको यसको डिजाइन निकै आक्रामक र फ्युचरिस्टिक छ । स्कुटरमा ‘एरोहेड’ बाट प्रेरित अगाडिको भाग र फरवार्ड–बायस्ड स्ट्यान्सले यसलाई सधैं दौडिन तयार देखिने ‘लञ्च–रेडी’ लुक दिएको छ ।
यसको डिजाइनका प्रमुख आकर्षणहरू:
मल्टिपोइन्ट प्रोजेक्टर हेडल्याम्प र स्पोर्टी सिग्नेचर ‘टी’ टेलल्याम्प
एरोडाइनामिक विङलेट्स र जेटबाट प्रेरित भेन्ट्स
विशिष्ट आवाज दिने स्टबी मफ्लर
उत्कृष्ट राइडर कन्ट्रोल र कनेक्टेड फिल दिने मोटरसाइकल स्टाइल नेकेड यान्डलबार
टिभिएसको पेटेन्टेड टिभिएस स्मार्ट कनेक्ट प्रविधियुक्त यस स्कुटरमा ५० भन्दा बढी कनेक्टेड फिचर्सहरू उपलब्ध गराइएको छ । यसमा टर्न–बाई–टर्न नेभिगेसन, अन्तिम पटक पार्क गरिएको स्थान पत्ता लगाउने सुविधा, कल तथा मेसेज अलर्टहरू र विभिन्न राइड मोड्स लगायतका सुविधाहरू रहेका छन्, जसले आधुनिक राइडरहरूलाई सहज र प्रविधिमैत्री इन्टरफेस प्रदान गर्छ ।
राइडरको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै एनटर्क १५० मा सिंगल च्यानल एबिएसका साथै आफ्नो सेग्मेन्टमै पहिलो पटक ट्रयाक्सन कन्ट्रोल फिचर समावेश गरिएको छ । यसका अतिरिक्त सुरक्षाका लागि हाजार्ड ल्याम्प्स र फलो–मी हेडल्याम्प्स पनि राखिएका छन् ।
आरामदायी यात्रा र व्यावहारिक प्रयोगका लागि यसमा टेलिस्कोपिक सस्पेन्सन, आवश्यकता अनुसार मिलाउन मिल्ने ब्रेक लिभरहरू, कम्पनीको पेटेन्टेड ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटरको फराकिलो अन्डर–सिट स्टोरेज उपलब्ध छ ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले सन् २०१८ मा नेपालमा टिभिएस एनटर्क सार्वजनिक भएदेखि यो नयाँ पुस्ताको कनेक्टेड स्कुटरबाट अघि बढ्दै आज देशकै सर्वाधिक परिचित र लोकप्रिय स्कुटर ब्रान्ड बन्न सफल भएको बताए । टिभिएस एनटर्क १५० सँगै हामी यो सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालभर अझ उत्कृष्ट अनरसिप अनुभव प्रदान गर्न प्रतिबद्ध रहेको उनले बताए ।
नयाँ टिभिएस एनटर्क १५० हाल नेपालभर रहेका जगदम्बा मोटर्सका आधिकारिक डिलरसिपहरूमा उपलब्ध भइसकेको छ । स्कुटर स्टिल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन आकर्षक रङमा उपलब्ध छ । एनटर्क १५० को प्रारम्भिक मूल्य ३ लाख ६९ हजार ९०० रुपैयाँ तोकिएको छ ।