काठमाण्डौ– स्थानिय तहलाई स्मार्टपालिका बनाउने निचोडका साथ सूचना तथा सञ्चार प्रविधि सम्मेलन सम्पन्न भएको छ ।
‘स्मार्ट सोसाइटीका लागि दिगो विकास लक्ष्य’ नारासहित ललितपुरको हिमालय होटलमा दुई दिने सम्मेलन सकिएको हो ।
सम्मेलनमा स्थानीय तहहरुलाई स्मार्टपालिका बनाउन सबै किसिमका विकासका पूर्वाधारका साथै सरकारी सेवालाई डिजिटलाइज्ड गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् । सम्मेलनको दोस्रो दिन सोमबार पूर्वाधार र डिजिटल
सेक्युरिटीसम्बन्धी विषयगत विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका छन् । सम्मेलनमा देश तथा विदेशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।
स्मार्टपालिका विषयक डिस्कसनमा भक्तपुरको चाँगुनारायण नगरपालिका, प्युठान नगरपालिका, स्याङ्जाको वालिङ नगरपालिका, नुवाकोटको ककनी गाउँपालिका, काभ्रेको भोटेचौर गाउँपालिकालगायत देशभरका २० भन्दा बढी स्थानीय तहका प्रमुखको उपस्थिति थियो ।
सम्मेलनपछि अवधारणापत्र तयार गरी नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्य सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने क्यान महासंघले जनाएको छ ।
साथै, सहरी विकास मन्त्रालयअन्तर्गत स्मार्ट सिटीको मास्टर प्लान बनाउने कार्यलाई प्रवर्धन गर्ने उद्देश्यले सूचनाप्रविधिको क्षेत्रसँग सम्बन्धित योजना तर्जुमा गरी नेपाल सरकारलाई प्रतिवेदन हस्तान्तरण गर्ने योजनासमेत रहेको क्यान महासंघका महासचिज रंजित पोदारले बताएका छन् ।
FACEBOOK COMMENTS