काठमाडौं । उच्च गुणस्तरीय कपडा सामग्रीको चर्चित नेपाली ब्रान्ड सोनामले चैत १८ गतेसम्म सिजन सेल अफर सञ्चालनमा ल्याएको छ । जाडो महिना सकिएसँगै कम्पनीले सिजन सेल अफर ल्याएको हो ।
कम्पनीका अनुसार अफरमा ७० प्रतिशतसम्म छुटमा व्यक्तिगत तथा ट्रेकिङका सामग्री उपलब्ध छन् । सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत छन् ।
काठमाडौं उपत्यकामा ठमेलको क्वाबहाल र छाया सेन्टर, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चाबहिलको केएल टावर, सुनधाराको सिभिल मल, बालाजुको बीजी मलमा सोनमका शो रुम छन् ।
त्यस्तै, जडिबुटीको जडिबुटी चोक, कलंकीको हिमालय कम्प्लेक्स (फ्याक्ट्री आउटलेट) ललितपुरको जावलाखेल र कुमारी पाटी, चितवनको सिजी ल्यान्डमार्क, सुनसरीको धरान पुतली लाइन, पोखराको लेक साइड र न्यूरोडमा, बुटवल तथा सुर्खेतको वीरेन्द्रनगरमा पनि सोनमका शो रुम रहेका कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS