काठमाडौं । सभामुख डीपी अर्यालले पूर्व सभामुखहरू देवराज घिमिरे र अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।
सोमबार सभामुख अर्यालले पूर्व सभामुख घिमिरे र सापकोटासँग भेटवार्ता गरेका हुन् ।
भेटमा नेपालको संसदीय अभ्यास, विगतका अनुभवको आदान–प्रदान, संघीय संसद्को प्रभावकारी सञ्चालन र विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल विचारविमर्श भएको थियो ।