काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले पदभार ग्रहण गरेका छन् । उनले आइतबार सिंहदरबारस्थित कार्यकक्षमा पदभार ग्रहण गरेका हुन् ।
त्यसअघि शीलत निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाएका थिए । अर्याल आइतबार नै सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । अर्यालबाहेकको उमेदवारी नपरेपछि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
गएको फागुन २१ गतेको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर–९ बाट विजयी भएका अर्याल सभामुख भएका हुन् ।
उनी ०७९ सालमा समानुपातिक सांसद बनेका थिए । त्यसपछि उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको भूमिका पनि निर्वाह गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति अर्यालले सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेका बेला पार्टीको नेतृत्व सम्हालेका थिए ।