काठमाडौं । प्रतिनिधिसभाको बैठक आज शनिबार बिहान ११ बजे बस्दै छ । उक्त बैठक सुरू हुनुअघि सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् ।
सभामुख र प्रमुख सचेतहरूको बैठक बिहान १०:३० बजे नयाँ बानेश्वरमा बस्ने छ ।
सभामुख घिमिरेले प्रमुख सचेतहरू नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेपाली कांग्रेसका श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डेसँग छलफल गर्न लागेका हुन् ।
सभामुख घिमिरेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारसँग पनि आजै छलफल गर्ने छन् । रास्वपाको संसदीय दलको बैठक भएकाले त्यसपछि परियारसँग छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे जानकारी गराउने कार्यसूची छ । प्रधानमन्त्री ओली आजै साँझ स्पेन प्रस्थान गर्ने छन् ।
FACEBOOK COMMENTS