काठमाडौं । विदेशमा अध्ययनका लागि जाने विद्यार्थीको लागत बढ्ने भएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेट मार्फत अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई विदेशी मुद्रा सटहीमा ३ प्रतिशत शुल्क लिने व्यवस्था गरेको छ ।
अर्थ मन्त्रालयले कलेज शुल्क तथा अन्य शैक्षिक खर्चका लागि विदेशी मुद्रा सटही गर्दा कुल रकमको ३ प्रतिशत शुल्क अनिवार्य गरेको छ । यो नयाँ व्यवस्था हो ।