काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीकी सांसद सुमना श्रेष्ठमाथि छानबिन गर्न समिति गठन गरेको छ ।
गृहमन्त्री रमेश लेखकले संसद्को रोष्ट्रमबाट सांसद श्रेष्ठको निर्देशनमा आफूविरुद्ध उजुरी दिइएको आरोप लगाएपछि यसबारे छानबिन गर्न पार्टीले समिति बनाएको हो ।
रास्वपाको हिजो बुधबत्रार बसेको सचिवालय बैठकले सांसद प्राडा चन्दा कार्की भण्डारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा वरिष्ठ अधिवक्ता डा नारायण घिमिरे र पूर्वएसएसपी लव विष्ट सदस्य छन् ।
‘सांसद सुमना श्रेष्ठको निर्देशनमा नक्कली उजुरी दिइएको भन्ने भ्रामक समाचारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ निर्णयमा भनिएको छ, ‘पार्टीले यसलाई संसदको रोष्ट्रमबाट गृहमन्त्रीद्वारा पीडितलाई दिइएको धम्कीको नियोजित शृङ्खलाको एक हिस्सा मानेको छ । पार्टीले स्पष्ट गर्दछ कि यस्तो व्यवहारप्रति कुनै प्रकारको प्रोत्साहन दिइएको छैन ।’
FACEBOOK COMMENTS