काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले संस्थापक सेयरधनीबाट प्रतिनिधित्व गर्ने तीन जना सञ्चालकको पदावधि थप गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्दै आएका अजय बल्लभ पन्त, पञ्चविर सिंह तुलाधर र सुरेश कुमार स्थापितको पदावधि थप गर्ने निर्णय गरेको हो।
कम्पनीका सचिव प्रभुजी पन्तका अनुसार कम्पनीको नियमावली बमोजिम साउन ३० गते यी तीनै जनाको पदावधि समाप्त हुने भए पनि आर्थिक वर्ष २०८२/८३ को छैटौं वार्षिक साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएकाले साधारण सभा सम्पन्न नभएसम्मका लागि उनीहरूको पदावधि थप गरिएको हो।
त्यसैगरी, कम्पनीले हालका अध्यक्ष अजय बल्लभ पन्तलाई नै सञ्चालक समितिको अध्यक्ष पदमा निरन्तरता दिने निर्णय पनि गरेको जनाएको छ।
