काठमाडौँ । भारतको दिल्ली पुलिसको स्पेशल सेलले तमिलनाडुबाट आठ जना संदिग्ध आतंकवादीलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूलाई बंगलादेशबाट सञ्चालन तथा निर्देशन गरिएको आशंकामा पक्राउ गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
पक्राउ परेकामध्ये छ जना बंगलादेशी नागरिक रहेको दाबी गरिएको छ ।
संदिग्धहरूलाई थप सोधपुछका लागि दिल्ली ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको बताइएको छ ।
FACEBOOK COMMENTS