काठमाडौँ । फिल्म ‘मितज्यू’को टिजर सार्वजनिक गरिएको छ । निर्माण पक्षले आगामी जेठ ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म मीतज्यूको २ मिनेट लामो टिजर सार्बजनिक गरेको हो । फिल्ममा अभिनेता दयाहाङ राई र सौगात मल्ल मितको भूमिकामा देखिएका छन् ।
टिजरको सुरुवातमा दयाहाङ र सौगातले कहिल्यै झगडा नगर्ने वाचा गर्दै मितेरी साइनो गाँसेको देखाइएको छ । तर, अन्तिम दृश्यमा उनीहरू एकअर्कासँग लडिरहेका टिजरमा देखिएको छ ।
अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ र सौगातसहित तेरिया फौजा मगर, खड्गबहादुर पुन (खबपु) पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर लगायतको अभिनय रहेको छ । तेरियाको यो डेब्यू फिल्म हो । जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता जनक घर्ती मगर हुन् ।