काठमाडौं । नेपाली सेनाले २७ जनालाई नियन्त्रणमा लिएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहान १० बजेसम्म २७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।
लुटपाट, आगजनी, विध्वंस लगायतमा संलग्न रहेको आरोप उनीहरूमाथि छ। उनीहरूबाट प्रहरीले ३१ वटा बन्दुक बरामद गरेको छ। काठमाडौंमा २३ वटा र पोखरामा ८ वटा बन्दुक बरामद भएको हो।
साथै, ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको सेनाले जनाएको छ।
त्यसैगरी काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद भएको छ। साथै, २३ जना घाइते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरूको सैनिक अस्पतालहरूमा उपचार गरिएको छ।