काठमाडौं, ३ भदौ । भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएपछि १३ दिनदेखि जारी भूपू गोर्खाहरुको आमरण अनसन स्थगित भएको छ ।
भूपू गोर्खा सैनिकहरू बेलायती प्रधानमन्त्रीको कार्यालय अगाडि १३ दिनदेखि अनशनरत थिए । सहमतिसँगै बेलायती रक्षामन्त्री लियो डोचर्डी र बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले जुस पिलाएर ज्ञानराज राई, पुष्पा घले र धन गुरुङको अनसन तोडाएका छन् ।
भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने बताइएको छ । तस्विर : लन्डन न्यूज
FACEBOOK COMMENTS