काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार तीन सय रूपैयाँले बढेको हो ।
बुधबार प्रतितोला सुन एक लाख ६७ हजार पाँच सय रूपैयाँमा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार आठ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यसैगरी, चाँदी प्रतितोला ३५ रूपैयाँले बढेको छ । आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६५ रूपैयाँ निर्धारण गरिएको छ ।
FACEBOOK COMMENTS