स्थानीय तहमा निर्वाचित काङ्ग्रेसका बागी समर्थकहरूले प्रदेशसभामा पनि बागी उम्मेदवार बनाउने
कर्पोरट खबर
6:29 pm, शुक्रबार, असोज २१, २०७९
काठमाडौँ । महोत्तरी क्षेत्र न.१ क मा स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेस बाट बागी दिएर जितेका समूहले प्रदेशसभामा पनि उम्मेदवारी घोषणा गरेको छ ।
बर्दिबास नगरपालिकामा निर्वाचित प्रह्लाद क्षेत्री समूहले पाटीले कारबाही फुकुवा नगरेको भन्दै स्वतन्त्र उम्मेदवारको रूपमा काङ्ग्रेसका पूर्व नगर सभापति युवराज पोखरेललाई अगाडि सारेको हो ।
यसअघि नेपाली काङ्ग्रेसले पार्टी बाट विद्रोह गरेकाहरूलाई निर्वाचनमा सघाउन र निर्वाचनपछि कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
तर प्रह्लाद क्षेत्री पक्षले गरेको निर्णयलाई लिएर पाटीका केन्द्रीय सदस्यहरूले पुन: पाटीका विरुद्ध विद्रोहको संज्ञा दिएका छन् । ‘पाटीले कारबाही फुकुवा गर्ने तयारी गर्दागर्दै उहाँहरुले हतार गर्नुभयो,’ केन्द्रीय सदस्य महेन्द्र कुमार राय यादवले भने ‘यो पनि पाटीका विरुद्ध विद्रोह नै हो।’
पार्टीसँग कारबाही फुकुवाको लागी पटक पटक अपिल गर्दा पनि अस्वीकार गरेको हुनाले बाध्य भएर उम्मेदवारलाई अगाडि सारिएको क्षेत्री पक्षको दाबी छ ।
स्थानीय निर्वाचनमा जेब्रा चिन्ह बाट निर्वाचित भएका प्रह्लाद क्षेत्रीले प्रदेशमा पनि जित्ने बिस्वास व्यक्त गरे ।
४ वटा , उपमेयरसहित विजयी भएका क्षेत्रीले माओवादी केन्द्रलाई ५८८७ को फराकिलो मतान्तरले पराजित गरेका थिए । माओवादी केन्द्रबाट उम्मेदवार वनेका राजु खडकाले ८३२३ मत ल्याए भने प्रह्लाद क्षेत्रीले १४२१० मत ल्याएर विजयी भएका थिए ।
तर यही मतलाइ आधार मान्ने हो भने स्वतन्त्र उम्मेदवारको रूपमा अगाडी सारिएका युवराज पोखरेल कमजोर उम्मेदवार भएको कतिपयको टिप्पणी छ । निर्वाचनअघि निक्कै राम्रो पहिचान बनाएका क्षेत्रीलाई माओवादी केन्द्र, एमाले, काङ्ग्रेस सबै दलहरूले सहयोग गरेका थिए ।
विशेषगरि काङ्ग्रेस वाट नै ठूलो सहयोग बटुलेका प्रह्लाद क्षेत्रीले स्वतन्त्र उम्मेदवारको रुपमा निर्वाचित भएपनि स्वतन्त्र भन्दा पनि दलगत राजनीति गरेको हुनाले उनीप्रतिको अपेक्षा निक्कै कम भएको उनी निकट एक जना कार्यकर्ता वताउछन । ‘जित्न कै लागी हो भने बलियो रणनीति बनाउनुपर्छ नत्र गार्हो छ ।’ उनले भने ।क्षेत्री पक्षले प्रतिनिधिसभामा भने सर्तसहित कुनै पाटीलाई सहयोग गर्ने तयारी गरेको छ । गठबन्धनवाट छुट्टिएपछी जसपामा लक्ष्मी महतोको चर्चा छ । जसपा, माओवादी वा एमाले कुन पाटीलाइ सहयोग गर्ने भन्ने निर्णय भैइनसकेको क्षेत्री पक्षको भनाइ छ ।
तर नेपाली काङ्ग्रेस निकट नेताहरूले क्षेत्री पक्षले पुन: गल्ती गरे नेपाली काङ्ग्रेसको ढोका पुर्णरुपमा बन्द हुनसक्ने बत्ताएका छन् । यो विषयमा जिल्ला सभापति नागेस्वर यादवसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
केन्द्रीय सदस्य महेन्द्र कुमार राय यादवले भने क्षेत्री पक्षको यो निर्णय पाटीको लागी पुन: विद्रोह भएको बताए ।
FACEBOOK COMMENTS