काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबारको दोस्रो दिन आज सोमबार झिनो अंकको बृद्धि आएको छ । आज नेप्से ४.६ अंकले बढेर तीन हजार ८५ दशमलब ७ विन्दुमा पुगेको छ । त्यस्तै, आज कोरोबार रकममा गिरावट आएको छ । आज १० अर्ब ९८ करोड ३६ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका समूहमध्ये आठ समूह बाहेक अन्य सबै समूह बढेका छन् ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये पाँच कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य बढ्ने कम्पनीहरुमा गुँरास लघुवित्त वित्तिय संस्था, घलेम्दी हाइड्रोपावर, फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट कम्पनी, युनिभर्सल पावर कम्पनी र आँखु खोला जलविद्युत कम्पनी रहेका छन् ।
त्यस्तै, आज नेपाल हाइड्रो डेभलपर्श र युनाइटेड इदीमर्दी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । जसको शेयरमूल्य करिब ६ प्रतिशतले घटेको छ । यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको भएको छ । यस कम्पनीको आज ३७ करोड भन्दा बढीको कारोबार भएको छ ।
FACEBOOK COMMENTS