असोज ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार मन्त्रीको बोलीले घटबढ नहुने बताएका छन् । मन्त्रीले बोलेका भरमा यो घटबढ हुने होइन । यसको आफ्नै नियम हुन्छ । अझ हामीले त कहीँकतै समस्या छ कि भनेर हेरिरहेका छौं ।
सेयर बजारमा लाखौं सर्वसाधाण लागनीकर्ता लागेका छन् । उनीहरुको हित हुने गरी काम गर्नुपर्ने अवस्था छ । बजारलाई पारदर्शी बनाउन नियामक निकायका प्रमुखले गरेको अनियमिततामाथि पनि छानबिन भइरहेको छ, अर्थमन्त्रीले भने ।
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाानमाथि छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्रीले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित हुने गरी काम गरिने बताएका हुन् ।
उनले भने, सेयर बजार आफ्नै नियम र पद्धतिमा अघि बढ्ने विषय भएकाले मन्त्रीको कारणले शेयर बजार घटबढ नहुने बताए ।
FACEBOOK COMMENTS