काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्रिपरिषद् विस्तार गरेकी छन् । कार्कीले मन्त्रिमा नियुक्त गरेको तीन जनाले आज शपथ लिने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री कार्कीले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइएकी छिन् ।
यस्तै अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुन मन्त्रालयको जिम्मेवारी दिएकी छिन् । प्रधानमन्त्री कार्कीले पुर्वअर्थसचिव रामेश्वर खनाल अर्थ मन्त्रालयको जिम्मेवारी दिएकी छिन् ।
जेनजी समूहबाट राष्ट्रपति र नेपाली सेनासँग वार्तामा समेत सहभागी भएका अर्याल यसअघि काठमाडौँ महानगरका कानुनी सल्लहकारको भूमिकामा थिए । बालेन शाह निकट रहेका अर्यालले यसअघि रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा समेत उम्मेदवार बन्ने तयारीमा रहेका थिए ।
त्यस्तै प्रधानमन्त्री कार्कीले पूर्वअर्थ सचिवसमेत रहेका अर्थविद रामेश्वर खनाललाई अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जामन्त्री बनाउने भएकी छन् । प्रधानमन्त्री कार्कीले घिसिङलाई अन्य महत्वपूर्ण मन्त्रालय समेत दिने बताइएको छ ।
FACEBOOK COMMENTS