काठमाडौं । ट्रिप टर्बोले सेप्टेम्बर २० देखि अक्टोबर ३१ सम्म चल्ने ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ।
अभियानमा उडान, होटल, बस टिकट र विभिन्न गतिविधिमा छुटसँगै दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्ने अवसर छ।
ट्रिप टर्बोबाट नेपाली रुपैयाँमै विश्वभरका ६० लाखभन्दा बढी होटल बुक गर्न सकिने कम्पनीले जनाएको छ।
ट्राभल एप ट्रिप टर्बोले उडान, होटल, बस टिकट तथा विभिन्न पर्यटकीय गतिविधिमा छुट र उपहारसहित ‘ट्राभल मेला २०२६’ सुरु गरेको छ।
कम्पनीका अनुसार सेप्टेम्बर २० देखि अक्टोबर ३१ सम्म सञ्चालन हुने अभियानमा विभिन्न ट्राभल गतिविधिमा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

क्याम्पेनको मुख्य आकर्षण दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान रहेको छ। ट्रिप टर्बोमार्फत कुनै पनि उडान, अन्तर्राष्ट्रिय होटल, बस वा गतिविधि बुक गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ग्राहकले पहिलो आन्तरिक उडान बुकिङमा २०० रुपैयाँ र त्यसपछिका आन्तरिक उडान बुकिङमा प्रोमो कोड प्रयोग गरी १५० रुपैयाँ छुट पाउनेछन्।
बस टिकटमा पनि ७० रुपैयाँ छुटको व्यवस्था गरिएको छ। साप्ताहिक विशेष सेलमा सीमित ग्राहकले आन्तरिक उडानमा ३०० रुपैयाँसम्म र बस टिकटमा १०० रुपैयाँसम्म छुट पाउनेछन्।
अभियानमा बुद्ध एयरको माउन्टेन फ्लाइट, विभिन्न आन्तरिक उडान टिकट तथा जिपलाइन, बन्जी, प्याराग्लाइडिङ, स्काइस्क्र्यापर, स्ट्यान्डअप प्याडलिङ, स्काइवाक र हट एयर बेलुनलगायत अनुभवसमेत उपहारका रूपमा राखिएका छन्।
ट्रिप टर्बोका संस्थापक शिखेर प्रसाईंले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, होटल, बस टिकट र विभिन्न ट्राभल अनुभवलाई एउटै प्लेटफर्ममा ल्याएर यात्रुका लागि योजना र बचत सहज बनाउने उद्देश्य रहेको बताए।
कम्पनीका अनुसार ट्रिप टर्बोबाट विश्वभरका ६० लाखभन्दा बढी होटल, ७३ भन्दा बढी जिल्लाका बस टिकट तथा २०० भन्दा बढी गतिविधि बुक गर्न सकिन्छ। अन्तर्राष्ट्रिय होटललगायतका बुकिङको भुक्तानी नेपाली रुपैयाँमै गर्न सकिने कम्पनीले जनाएको छ।