काठमाडौं । कर्पोरेट मिडिया हाउसका अध्यक्ष उज्वलजंग शाह ‘विशेष सेवा सम्मान–२०७९’ द्वारा सम्मानित भएका छन् ।
फोकस नेपालद्वारा आयोजित लोकतन्त्र दिवस–२०७९ को विशेष समारोहमा शाहलाई उक्त सम्मान प्रदान गरिएको हो । अध्यक्ष शाहलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मानपत्र हस्तान्तरण गरेका हुन् । शाह विगत लामो समयदेखी अत्यन्त निष्ठा र समपर्णका साथ सञ्चार क्षेत्रमा आवद्व छन् । यस्तै आर्थिक व्यस्थापन, सेवा मुलक व्यवसायी तथा समाजसेवीका रुपमा पनि शाह परिचित छन् ।
दुई दशक देखी पत्रकारीता क्षेत्रमा सक्रिय रहदै आएका शाह नेपाल अटो पत्रकार संघका अध्यक्ष, साथै ईश्वरलाल प्रतिष्ठानका सचिव समेत रहेका छन् । आर्थिक क्षेत्रका पत्रकारितामा अब्बल मानिने शाहले विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।
FACEBOOK COMMENTS