काठमाडौंं । नेकपा (एमाले)को केन्द्रीय कमिटीमा २० जना मनोनीत भएका छन् । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले २० जनालाई मनोनीत गरेको हो ।
जसमा काशीनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, गुरूङ मनोनीत भएका छन् ।
त्यस्तै, पोल्तेन छेपाङ, प्रेम दंगाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा, बिना बास्तोला केन्द्र्रीय सदस्य मनोनीत भएका हुन् ।
त्यस्तै, सातजना स्थायी कमिटी सदस्य बनेका छन् । जसमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्वाहाम्फे, लालबाबु पण्डित, थममाया थापा छन् ।