काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज १२M१५ बजेदेखि राष्ट्रिय सभाको बैठक बस्दैछ ।
आजको बैठकमा अध्यक्षले विषयगत समितिका सदस्यहरुको नाम हेरफेर गर्ने र अध्यक्ष र उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय महिला आयोगको आर्थिक बर्ष २०८१-८२ को बार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची रहेको छ ।