काठमाडाैं । स्मार्टफोन ब्रान्ड भिभोले वाई–सिरिज अन्तर्गतको नयाँ भिभो वाई–२९ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।
यो स्मार्टफोन अप्रिल महिनामा औपचारिक रूपमा सार्वजनिक हुने कम्पनिले जनाएको हाे ।
भिभो वाई–२९ केवल स्मार्टफोन मात्र नभई एक दमदार स्टाइल स्टेटमेन्ट हो ।
प्रारम्भिक जानकारी अनुसार, आकर्षक मेटालिक हाइ–ग्लोस फ्रेम मा तयार गरिएको यो डिभाइस नोबल ब्राउन र एलेगेन्ट ह्वाइट रंग विकल्पहरूमा उपलब्ध हुनेछ, जसले फेसनप्रेमी प्रयोगकर्ताहरूलाई विशेष ध्यानमा राखेको देखिन्छ । यो फोनको प्रमुख विशेषता भनेको यसको ६५०० एमएएच पावरफुल ब्याट्रीे हो जसमा ४४ वाट फ्ल्यास चार्ज सुविधा छ ।
Anti-Drop Armor Design र Schott α Glass को प्रयोगले यसलाई अल्ट्रा–रिलायबल डिभाइस बनाएको छ । प्रोसेसिङ क्षमता हेर्दा, यसमा क्वालकम स्न्यापड्रैगन ६८५ चिपसेट प्रयोग गरिएको छ, जुन ८+८ जि बी को विस्तारित र्यामको साथ आउँछ, जसले यसलाई स्मूथ मल्टीटास्किङ र ल्याग फ्री पर्फमेन्सको लागी सक्षम बनाउँछ ।
मनोरञ्जनप्रेमी प्रयोगकर्ताका लागि, यो डिभाइस एक सम्पूर्ण प्याकेज हो । यसमा ५० एमपी मुख्य क्यामेरा, १२० हर्ट्ज रिफ्रेश रेट भएको टीयूभी राइनल्याण्ड लो ब्लू लाइट डिस्प्ले र ४०० % अडियो बुस्ट सहितको डुअल स्टीरियो स्पिकरजस्ता फिचरहरू छन् ।
FACEBOOK COMMENTS