काठमाडौं । विश्वप्रसिद्ध तथा अग्रणी प्रविधि कम्पनी भिभोले भिभो भी४० सार्वजनिक गरेको छ । कम्पनीले शुक्रबार काठमाडौंस्थित हायात प्यालेसमा एक कार्यक्रम आयोजना गरी उक्त मोबाइल फोन सार्वजनिक गरेको हो ।
जाइससँगको इन्जिनियर सहकार्यमा तयार गरिएको भी४० व्यावसायिक स्तरको पोर्टेट सिस्टमसहितको नवीनतम स्मार्टफोन हो । यसलाई मोबाइलबाट लिइने पोर्टेट फोटोग्राफीको अनुभवलाई थप उचाइमा पुर्याउने गरी डिजाइन गरिएको छ, जहाँ प्रयोगकर्ताहरूले चलचित्र गुणस्तरका शानदार पोर्टेट र भिडियोहरू खिच्न सक्नेछन् ।
भिभोको ५५०० एमएएच ब्याट्री भएको अहिलेसम्मकै पातलो फोन भिभो भी४० मा उच्च ‘थ्रीडी कर्भ’ स्क्रिनमा १२० हर्जको रिफ्रेस रेट रहेको छ, जसले यो फोनको आकर्षक दृश्य उत्कृष्टता र टिकाउपनको दुवैको सुनिश्चितता गर्दछ । इन्जिनियरिङ कोणबाट हेर्ने हो भने भिभो भी४० व्यावसायिक स्तरको पोर्टेट फोटोग्राफीका लागि तयार पारिएको हो, जसले भिभोको र जाइसद्वारा स्थापित उच्च मापदण्डहरूलाई पूरा गरेको छ । भिडिओप्रेमीहरूका लागि जाइस फोक्स ट्रान्जिसनको सुविधाले सिनेमेटिक भिडिओ संकलन गर्न उत्कृष्ट हुनेछ, किनकि यसले भिडिओको विषयवस्तुलाई फोकसमा राख्दै सहज फोकस परिवर्तनको सुनिश्चितता गर्दछ ।
जाइसको सिनेमेटिक भिडिओमा प्रयोगकर्ताहरूलाई कलात्मक फिल्म निर्माणका लागि २:३९:१ आस्पेक्ट रेसियोमा भिडिओ खिच्न सकिन्छ । फोटोग्राफीतर्फ भने यसमा एफ/१.८८ अपर्चरसहितको १/१.५६ इन्चको सामसङ आइसोसेल जीएनजे सेन्सर भएको ५० मेगापिक्सलको जाइस ओआईएस मेन क्यामेरा रहेको छ, जसले कम प्रकाशमा पनि स्पष्ट पोर्टेटहरू खिच्न सक्दछ । शक्तिशाली अप्टिकल इमेज स्टेबिलाइजेसन (ओआईएस) भएकाले धमिलोपन कम गर्दै स्पष्ट र उज्यालो फोटोहरू यसबाट लिन सकिन्छ । यसले आफ्ना प्रयोगकर्ताहरूलाई पोर्टेट फिचरमा युनिक भिजनका साथै जाइस शैलीका बोकेह इफेक्टसँगै एआई औरा लाइट पोर्टेट फिचरले दृश्यलाई व्यावसायिक स्तरको प्रकाश प्रदान गर्दछ । एआई थ्रीडी स्टुडियो लाइटिङद्वारा बढाइएको भी४० ले इनडोर र ब्याकलिट पोर्टेटहरूका लागि आवश्यक लाइटको व्यवस्था गर्दछ ।
भिभो भी४० फोटोग्राफी क्षमताहरूका लागि मात्र होइन, आकर्षक डिजाइन र प्रदर्शनका लागि पनि उत्कृष्ट रहेको छ । थ्रीडी कर्म स्क्रिनसँगै ५५०० एमएएच ब्याट्री भएको रहेको यो फोन ७५८ मिमी मात्र मोटाइ भएको भिभोको सबैभन्दा पातलो फोन हो । यसमा १२० हर्जको रिफ्रेस रेटसँगै अघिल्लोभन्दा ६०.७ प्रतिशत धेरै ४५०० निट्सको ब्राइटनेस रहेको छ, जसले गर्दा उज्यालो घामको प्रकाशमा समेत यसलाई सहजै सञ्चालन गर्न सकिन्छ । औरा डिजाइनमा बनेको ब्याक क्यामेराले गर्दा यसको ‘लुक्स’ थप राम्रो देखिएको छ । नीलो र सेतो मिसिएको चन्द्रमा रङको सेतो र बैजनी रङको नेबुला पर्पल गरी दुई आकर्षक रङहरूमा मोबाइल उपलब्ध हुने छ, जसमा एजी फ्लोराइट शिमर र एन्टी-फिंगरप्रिन्ट कोटिङ सुविधा रहने छन् ।
क्वालकम स्न्यापड्रैगन ७ जेन ३ द्वारा सञ्चालित भिभो भी४० मा १२+१२ जीबीको विस्तारित र्याम रहेको छ, जसले गर्दा सहज रूपमा एप स्विचिङ र भारी फायलहरूका लागि ठूलो मेमोरी स्पेसका लागि सहज हुन्छ । आवश्यक पर्दा छिटो चार्ज गर्न मिल्ने यसमा ५५०० एमएएच ब्लु भोल्ट ब्याट्री र ८० वाट फ्ल्यास चार्ज रहेको छ, जसबाट प्रयोगकर्ताहरू लामो समयसम्म मोबाइल चलाउन सक्छन् । यसमा आईपी ६८ र ६९ रहेकाले धुलो र पानीबाट समेत जोगाउँछ, जसले गर्दा विभिन्न वातावरणमा टिकाउपनको सुनिश्चितता रहन्छ ।
यति मात्र होइन ६५ हजार नौ सय ९९ रूपैयाँ मूल्यमा बजारमा आएको यो फोनका लागि प्रि-बुक गर्दा पाइने उपहारले समेत यसलाई थप आकर्षक बनाउने छ । प्रि-बुक गर्ने ग्राहकहरूले एक सेट इअरबड्स र पहिलो तीन महिना स्क्रिन रिप्लेस्मेन्ट ग्यारेन्टी पाउने छन् । प्रि-बुकिङ सेप्टेम्बर २० देखि सेप्टेम्बर २४, २०२४ सम्म खुल्ला रहने छ । पहिलो बिक्री सेप्टेम्बर २५, २०२४ मा सुरू हुने छ । भिभो भी४० सेप्टेम्बर २५ देखि देशभरका सबै मुख्य रिटेल स्टोरहरू र दराजमा सहजै उपलब्ध हुनेछ ।
FACEBOOK COMMENTS