काठमाडौँ । स्थानीय तह उपनिर्वाचनको मतदान सुरु भएको छ । रिक्त विभिन्न ४१ पदमा आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । यो प्रकृया अपराह्न ५ बजेसम्म चल्नेछ ।
आज नगरपालिका प्रमुख र उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ सहित ४१ पदमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले मतदान केन्द्रमा गएर मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको स्थानबाट आफुले रोजेको उम्मेदवारको निर्वाचन चिह्नमा मतदान गर्न आग्रह गरेको छ ।
मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
FACEBOOK COMMENTS