काठमाडौं । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ ।
आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गरे ।
यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गरे । नेपाल कम्युनिष्ट पार्टी एमालेका लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गरे ।
यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी एमालेका सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गरे ।
FACEBOOK COMMENTS