काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफू विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।
आज प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बजेटबारे आयोजित छलफलमा उनले यस्तो बताए ।
‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ’, अर्थमन्त्री डा.वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’