काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम चिसिदै गएको छ। आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यसवर्षकै कम अर्थात ७।१ डिग्री सेल्सियसमा झरेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अब देशभर चिसो बढ्दै जाने छ । मौसमविद्का अनुसार मंसिर १ गते काठमाडौं उपत्यकामा ७.४ डिग्री सेल्सियस मापन गरिएको थियो । आज ७.१ डिग्री सेल्सियस तापक्रम छ भने चिसो अब क्रमशः बढ्दै जानेछ ।
देशभरका अन्य ठाउँहरुमा पनि आज तापक्रम घटेको छ । आज सबैभन्दा कम जुम्लाको तापक्रम माइन्स ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । अब पहाडी जिल्लाहरुमा हुस्सु पनि बढ्दै जानसक्ने छ।
यस्तै बाँकी ठाउँको मौसम भने आशिंकदेखि सामान्य बदली रहने मौसमविद्को भनाइ छ । केही दिनदेखि धमिलिएको मौसममा भने सोमबारदेखि सुधार हुनेछ ।
FACEBOOK COMMENTS