हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८ बजे अद्यावधिक गरेको बुलेटिनअनुसार यतिबेला देशका हिमाली र पहाडी भेगको आकाशमा आंशिक बादल छ भने तराई, उपत्यका तथा खोचका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ।
यस्तै मौसम महाशाखाले आजदेखि ५ दिनसम्मको मौसम प्रक्षेपण जारी गरेको छ।
जुन यसप्रकार छ:
२०८३ कार्तिक २२ गते (आइतबार)
दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेग तथा कोसी, बागमती र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभाग तथा कोसी बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

रातिः हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।

२०८३ कार्तिक २३ गते (सोमबार)

दिउँसोः गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भेग तथा कोसी, बागमती र लुम्बिनी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका साथै कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

रातिः हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
२०८३ कार्तिक २४ गते (मंगलबार)
दिउँसोः देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः हिमाली भेगमा आंशिक बादल लाग्नेछ भने देशका बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २५ गते (बुधबार)
कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।
२०८३ कार्तिक २६ गते (बिहीबार)
देशका हिमाली र पहाडी भेगमा आंशिक बादल लाग्नेछ भने तराईमा मौसम मुख्यतया सफा रहनेछ। तराई, उपत्यका तथा खोचका थोरै स्थानमा बिहानीपख हुस्सु/कुहिरो लाग्नेछ।