काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सी लन्च गरेको छ । रेड्मी १२ सी को सफलताको रूपमा शाओमीले आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सी लिएर आएको हो ।
यस बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, ‘रेड्मी १३ सी को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौँ ।’
रेड्मी १३ सी १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्चालित छ । यो १६०० बाई ७२० को रिजोल्युसनको साथ ६।७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स ९टाइप० र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्दछ ।
रेड्मी १३ सी मा ५० मेगापिक्सेलको एआई ट्रीपल क्यामरा रहेको छ । यसै गरी फोनमा नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरू पनि उपलब्ध छ । यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा भिडियो रेकर्डिङ गर्दछ ।
रेड्मी १३ सीको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टरसहित आउने यस रेड्मी १३ सी लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।
यो फोन ६ प्लस १२८ जिबी र ८ प्लस २५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रङहरूमा उपलब्ध हुनेछ । ६ प्लस १२८ जिबी र ८ प्लस २५६ जिबी भेरियन्टको मूल्य क्रमश: १५ हजार ९९९ र १८ हजार ९९९ रहेको छ ।
FACEBOOK COMMENTS