काठमाडौं । नक्सालमा यामाहा मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम संचालनमा आएको छ । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नक्सालमा नेपालकै सर्वाधिक ठुलो शोरुम संचालनमा ल्याएको हो ।
यामाहा मोटर इण्डिया ग्रुपका अध्यक्ष इशिन चिहाना, यामाहा मोटर इण्डियाका सेल्स डाइरेक्टर हिडेफुमी कवाइ र एमएडब्लु इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर विष्णु कुमार अग्रवालले संयुक्त रुपमा उक्त शोरुमको उद्घाटन गरेका हुन् । बिहीबार सो शोरुमको उद्घाटन गरिएको हो ।
कम्पनीले नयाँ शोरुम ‘कन्सेप्ट ब्लु स्क्वायर’ कन्सेप्टमा तयार गरेको जनाएको छ । याे नेपालकै पहिलो ब्लु स्क्वायर शोरुम हो । तर, यामाहाले भारतमा भने थुप्रै सहरमा ब्लु स्क्वायर शोरुम निर्माण गरिरहेको छ ।
उक्त ब्लु स्क्वायर प्रिमियम शोरुममा यामाहाका प्रिमियम मोटरसाइकल तथा स्कुटरको टेष्ट राइड तथा एक्सपेरियन्स गर्न पाउने छ।
यामाहा मोटरसाइकलको लागि नेपालको आधिकारिक विक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले बिग बाइकको लागि छुट्टै शोरुम निर्माण गरेर विक्री गर्ने लक्ष्य लिएको थियो । तर, ब्लु स्क्वायर कन्सेप्ट शोरुम निर्माण पश्चात् यही शोरुमबाट विक्री तथा वितरण गर्ने भएको हो ।
उद्घाटन कार्यक्रममा बाेल्दै यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले दशैंकाे अवसरमा सर्वाधिक ठुलाे शाेरूम ल्याउन पाउँदा खुसी लागेकाे बताए ।
यामाहाले बिग बाइक सेग्मेन्टमा यमाहा आर ६, टी म्याक्स ६५० स्कुटर, एमटी ०९ तथा बोल्ट मोटरसाइकल नेपाल ल्याएको छ ।
FACEBOOK COMMENTS