काठमाडौं, भदौ ३० । मुक्तिनाथ विकास बैंक लिमिटेडले सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अटीजम केयर नेपाल सोसाइटी, कास्कीलाई तालिम भवन निमार्णका लागि वित्तीय सहयोग स्वरुप एक लाख रुपैयाँ चेक प्रदान गरेको छ ।
यस अटीजम केयर नेपाल सोसाइटी, कास्कीले जिल्ला भरी रहेका अटीजम (फरक रुपमा सक्षम) भएका बालबालिकाहरुको क्षेत्रमा विभिन्न तालिम तथा क्रियाकलापहरु गर्दै आइरहेको छ ।
उक्त चेक मुक्तिनाथ विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले अटीजम केयर नेपाल सोसाइटीका कोषाध्यक्ष सरु अधिकारीलाई हस्तान्तरण गरे ।
हालै मात्र मुक्तिनाथ विकास बैंकको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी यही भदौ १ गतेदेखि कार्तिक ३० गतेसम्म लागू हुने गरी रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियान सञ्चालन गरेकोे बैंककाप्रमुख सुचनाअधिकारी श्री तिलबहादुर गुरुङले बताए ।
FACEBOOK COMMENTS