काठमाडौं, पुस २१ – काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वका केही ठाउँमा अहिले कुहिरो लागेको छ । देशको पश्चिमी र पुर्वि पहाडी भु(भागहरुमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बेलुकापछि भने पश्चिमी वायुको प्रभाव पश्चिमी क्षेत्रमा देखिने भएकाले राति पश्चिमी क्षेत्रको मौसम बदली हुने र हल्का पानी पर्ने सम्भावना छ ।
मङ्गलबारदेखि देशका उच्च पहाडी र हिमाली भेगमा पानी पर्ने र भारी हिमपात हुने भएकाले चिसो बढ्ने सम्भावना छ । तर काठमाडौंसहित मध्य र तराईका भूभागमा भने पानी पर्ने सम्भावना खासै नभएको महाशाखाले जनाएको छ ।
मङ्गलबार र बुधबार उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना भए पनि बिहीबारदेखि भने फेरि मौसममा सुधार हुने मौसमविदले जनाएका छन् ।
पश्चिमि निम्न चापिय प्रणालि भित्रिए सँगै देशका उच्च पहाडि र हिमालि क्षेत्रतिर बढि जाडोको महसुस हुने हुनाले चिसोबाट जोगिन हुन महाशाखाले अनुरोध गरेको छ ।
FACEBOOK COMMENTS