काठमाण्डौं– चालु आर्थिक वर्षको पाँच महिनामा आन्तरिक राजस्व २४ प्रतिशतले वृद्धि भएको छ।
आन्तरिक राजस्व विभागका अनुसार चालु आवको मंसिर महिनासम्मको राजस्व संकलन १ खर्ब ५ अर्ब ४८ करोड ६२ लाख रुपैयाँ पुगेको छ।
यो राजस्व लक्ष्यको तुलनामा ९३.५२ प्रतिशत हो।
अर्थ मन्त्रालयले पाँच महिनाको राजस्व संकलनको लक्ष्य एक खर्ब १२ अर्ब ७९ करोड ७७ लाख रुपैयाँ राखेको थियो।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको राजस्व संकलको औषत वृद्धि दर २४ प्रतिशत रहेको विभागले जानकारी दिएको छ।
मन्त्रालयले यस अवधिमा गत आवको तुलनामा २७.३ प्रतिशत बढी लक्ष्य लिएको थियो।
– अन्नपुर्ण
FACEBOOK COMMENTS