काठमाण्डौँ — नेपाल स्टक एक्सचेन्जले एक हितग्राही खाता (डिम्याट) मा मात्रै कारोबार गर्न आग्रह गरेको छ।
स्टकले नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार लगानीकर्ताले बढीमा दुईवटा हितग्राही खाता खोल्न सक्ने व्यवस्था भए पनि धितोपत्र दलाल व्यवसायीसँग एउटामात्रै खातामा आबद्ध हुन आग्रह गरेको छ।
कारोबारको द्रुत गति, लगानीकर्ताको पहिचान तथा जोखिम व्यवस्थापनलाई सुनिश्चित गर्न त्यस्तो व्यवस्था गरिएको स्टकले जनाएको छ।
स्टकले मंगलबारदेखि नै बैंकिङ प्रणालीसँग एकीकृत गरी अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएको छ।
तोकिएका राफसाफ बैंकमा धितोपत्र कारोबार प्रयोजनका लागि मात्रै बैंक खाता खोल्न आग्रह गरिएको छ।
— नागरीक
FACEBOOK COMMENTS