काठमाण्डौँ —सरकारले छानेका एक सय नयाँ गन्तव्यका लागि पहिलो चरणमा २५ लाख रुपैयाँका दरले बजेट विनियोजन गरेको छ।
छनोटमा परेका गन्तव्यको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेको हो।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा नयाँ गन्तव्य पहिचान तथा विकासका लागि ५० करोड विनियोजन गरेको थियो।
सोहीअनुसार मन्त्रालयले एक सय गन्तव्य छनोट गरेर बजेट पठाएको हो।
एक गन्तव्य बराबर ५० लाख रुपैयाँ पूर्वाधार विकास र प्रचारप्रसारमा खर्चने कार्यक्रम रहे पनि पहिलो चरणमा २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताए।

‘सरकारले पर्यटनको विकास तथा विस्तार गर्ने भन्दै चालु आर्थिक वर्षदेखि नयाँ गन्तव्य पहिचान गरेर घोषणा गरेर पूर्वाधार विकास तथा प्रचारप्रसार गर्ने योजना अघि सारेको थियो।

— नागरीक