काठमाण्डौँ — गैरआवासीय नेपाली विज्ञहरूको पहिलो विश्व सम्मेलन शुक्रबारदेखि काठमाडौँमा हुने भएको छ ।
वैदेशिक रोजगारीमा गएका नेपालीहरूले सिकेको ज्ञान, सीप र पूँजी लगानी गरी समृद्ध राष्ट्र निर्माण गर्ने लक्ष्यसाथ पहिलोपटक विज्ञहरूको विश्व सम्मेलन गर्न लागिएको गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्ए (नआरएनए)ले जनाएको छ ।
यही असोज २६, २७ र २८ हुने सम्मेलनमा विभिन्न देशमा काम गरेर ख्याति कमाएका विज्ञले १६० वटा कार्यपत्र प्रस्तुत गर्ने र ८० जनाले टिप्पणी गर्ने कार्यक्रम रहेको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्ने उक्त सम्मेलनमा ३५० जना प्रतिनिधि सहभागी हुने बताइएको छ।
— नागरीक
FACEBOOK COMMENTS