काठमाडौं, जेठ १० – एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा आज सोमबार कम्पनीको प्रधान कार्यालय हात्तिसारमा सम्पन्न भएको छ ।
सभामा कम्पनी सञ्चालक समितिका अध्यक्ष राजिव सापकोटाले कम्पनीको वर्तमान गतिविधि, कम्पनीका भावी योजना तथा रणनीति सम्बन्धमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
कम्पनीको २६औं वार्षिक साधारणसभाले सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतको दरले बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२ प्रतिशतको रकम बराबरको नगद लाभांश पारित गरेको छ । साथै अन्य सामान्य तथा विषेश प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS