महेन्द्रनगर– कञ्चनपुर उद्योग वाणिज्य संघको अध्यक्षमा जंगबहादुर मल्ल निर्वाचित भएका छन्।
संघको १६ औं कार्यकारी समितिका लागि भएको निर्वाचनमा मल्ल अध्यक्षमा निर्वाचित भएका हुन्।
आफ्ना प्रतिद्वन्दी सञ्जीव चन्द्र भट्टलाई २ सय ७७ मतको अन्तरमा पराजित गर्दै मल्ल अध्यक्षमा निर्वाचित भएका हुन्।
मल्लले कुल १ हजार ६ सय ५८ मत र सञ्जीव चन्द्र भट्टले १ हजार ३ सय ८१ मत प्राप्त गरे।
मल्ल र भट्ट दुबै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए। बाँकी ६ जना पदाधिकारीमा भने भट्ट प्यानलकै विजयी भएका छन्।

बरिष्ठ उपाध्यक्षमा पिताम्बर जोशी, वाणिज्य उपाध्यक्षमा मदन राज पन्त, उद्योग उपाध्यक्षतर्फ हेमराज जोशी, महासचिवमा बाबुदेव जोशी, सचिवमा गणेश दत्त चटौत, कोषाध्यक्षमा निर्मला भट्ट (सापकोटा) निर्वाचित भएका छन्।
