काठमाडौं, बैशाख २- कालोबजारी आरोपमा पक्राउ परेका शंकर समूहका सुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ ।
पाँच हजार रुपैयाँमा पाइने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँसम्ममा बिक्री गरेको उनलाई प्रहरीले रंगेहात पक्राउ गरेको थियो । कालोबजारीको आरोप पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो । त्यसमा जिल्ला प्रशासन कार्यालयले ५ दिनको समय दिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।
यसअघि प्रशासन कार्यालयले दिएको ७ दिनको समय मंगलबार नै सकिएको छ ।
FACEBOOK COMMENTS